हिमाल दैनिक
ओमिक्रोनबाट अस्ट्रेलियामा पहिलो मृत्यु
australia-corona
कोरोना भाइरसको नयाँ भेरीएन्ट ओमिक्रोनबाट अस्ट्रेलियामा पनि एक जनाको मृत्यु भएको छ। अस्ट्रेलियाको पश्चिमी सिड्नीमा एक कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुने ब्यक्ति ८० बर्षका थिए भने उनले खोपको डोज पुरा गरेको बताइएको छ । अस्ट्रेलियाको सबै भन्दै बढी जनसंख्या भएको न्यु साउथ वेल्समा सोमबार ६ हजार ३२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ जसमा ५२४ जना अस्पतालमा रहेका छन् भने ५५ जना आइसीयुमा रहेका छन् ।
प्रकाशित मिति: सोमबार, पुस १२, २०७८  १६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update