हिमाल दैनिक
कोरोनाको नयाँ भेरीएन्ट ओमिक्रोन बिश्वभर तीब्र रुपमा फैलिदै गएको छ । बिश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चाडै नै कोरोनाको नयाँ भेरिएन्ट आउन सक्ने आशंका गरेको छ । डब्लुएचओका अनुसार ओमिक्रोन जति तीब्र फैलिदै गएको छ, यस्तो अवस्थामा नयाँ भेरीएन्ट पनि चाडै आउन सक्ने बताएको हो । ओमिक्रोन पछिल्लो समय घातक हुँदै गएको र यसबाट मृत्युको दर पनि बढ्न सक्ने बताइएको छ । ओमिक्रोनको मृत्यु दर डेल्टा भेरीएन्टभन्दा कम हुन सक्ने भएपनि यस पछिको नयाँ भेरीएन्ट भने झन् खतरनाक हुन सक्ने डब्लुएचओकी सीनियर इमरजेन्सी अफिसर कैथरीन स्मालवुडले बताइन। यस भन्दा अघिको भेरीएन्टभन्दा ओमिक्रोन कम घातक भएको बताइएपनि पछिल्लो समय कोरोना संक्रमणको दर विश्वभर ब्यापक रुपमा फैलिएको छ । युरोपमा कोरोना संक्रमितको संख्या १० करोडभन्दा बढी छ । २०२१ को अन्तिम हप्तामा यहाँ ५० लाख भन्दा बढी केस देखा परेको थियो।
प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८  ०९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update