हिमाल दैनिक
कैलालीमा अर्जुन दासको विभत्स हत्यामा संलग्न भएको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै कैलालीको जानकी गाउँपालिका–९ अमरावतीस्थित सामुदायिक वनभित्र मृत भेटिएका २५ वर्षीय अर्जुन दासको हत्यामा संलग्न भएको आरोप लागेपछि फरार रहेका ४ जना अभियुक्तलाई पक्राउ गरि सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा जानकी गाउँपालिका ९ कै १९ वर्षीय युवाहरु सुमित साउद, मनोज भण्डारी, दिलीप दास र बमबहादुर बोहोरा रहेका छन्। उनीहरुको समूहले ’दासलाई मोबाइल चोरी गरेको आरोपमा लागूऔषध सेवन गरेको अवस्थामा हत्या गरेको अनुसन्धानबाट खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोईरालाले जानकारी दिए। रुपन्देही सिमानाकाबाट गोप्य सूचनाका आधारमा महाशाखाबाट खटिएको विशेष अनुसन्धान टोलीले उनीहरुलाई पक्राउ गरिएको प्रहरीको दाबी छ। उनीहरुलाई थप अनुसन्धानका लागि कैलाली जिल्ला प्रहरी कार्यालय पठाइएको छ। गत वर्ष पुस २ गते घरबाट निस्केका जानकी गाउँपालिका–९ अमरावतीका अर्जुन रातिसम्म घर फर्केका थिएनन्। वनमा घाँस काट्न गएका महिलाले रुखमा बाँधेर टाउको काटिएको अवस्थामा पुस ३ गते शनिबार अमरावती सामुदायिक वनमा उनको शव फेला पारेका थिए।
प्रकाशित मिति: शुक्रबार, वैशाख २, २०७९  १३:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update