हिमाल दैनिक
पूर्व राज्यमन्त्री झाको निधन
279213447_1798252280367685_8933418179267998686_n
संविधानसभा सदस्य डा डिम्पलकुमारी झाको आज बिहान निधन भएको छ । क्यान्सर रोगबाट पीडित उहाँको आज बिहान काठमाडौँको रानीबारीस्थित निवासमै निधन भएको हो । पूर्व राज्यमन्त्रीसमेत रहनुभएकी झा हाल लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०बाट मधेश प्रदेशको प्रदेशसभा सदस्य हुनुहुन्थ्यो । लोसपाका नेता एवं पूर्वमन्त्री अनिल कुमार झाकी पत्नी उहाँ दुई वर्षदेखि क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । करिब दुई महिना अघिदेखि भक्तपुर क्यान्सर अस्पतालमा उहाँको उपचार भइरहे पनि पछिल्लो समय चिकित्सको सल्लाहमा घरमै रेखदेख भइरहेकामा आज बिहान निधन भएको लोसपाका केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले जानकारी दिनुभयो । रासस
प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update