हिमाल दैनिक
हर्षोेउल्लासका साथ मनाइयो ईद उल फित्र
manoj-Morang20
इस्लाम धर्मावलम्बीहरूले ईद उल फित्र ९इद० पर्व हर्षोल्लासका साथ आज यहाँ मनाइएको छ । इस्लाम समुदायमा रमजान महिनालाई निकै पवित्र मानिन्छ, रमजानको महिना सुरु हुने बित्तिकै, चन्द्रमा हेरेर ईद–उल–फित्र मनाइन्छ । विराटनगर–१३ स्थित इदगाहमा गएर इस्लाम धर्मावलम्बीहरुले आज सामूहिक नमाज ९प्रार्थना० गर्नुका साथै एकआपसमा अँगालो मारेर इदमुबारक ९बधाई तथा शुभकामना० साटासाट गरिएको छ । गत चैत २० देखि सुरु भएको रमजानको एक महिनासम्म चल्ने यो पर्वमा मुुसलमान दिनमा निराहार बस्छन् । शरीरलाई चोखो राखेर मात्र रोज बस्नुपर्छ । दान दिनु, गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । कुलतमा लागेका मानिस एक महिना इमान्दारीपूर्वक रोजा बस्न सक्यो भने चुरोट, खैनी, गुट्खा आदि पदार्थ खाने बानीमा परिवर्तन आउन सकिने अनुमान गर्न सकिन्छ । त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमान रोजा बस्नुलाई गर्व मान्दछ । नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवतीलाई रोजा बस्न अनिवार्य छैन । यसपर्वमा बिर्यानी, पुलाउ, सेबइ, दुग्ध, मासुका परिकार, फलफूल खाने प्रचलन छ । रासस
प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९  १५:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update