करिव ८५ प्रतिशत नागरिकलाई कोभिड विरुद्धको खोप पूर्ण मात्रा लगाई सकियोः राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले करिब ८५ प्रतिशत नागरिकलाई कोभिड विरुद्धको खोप लगाइसकेको जानकारी दिएकी छिन्।
मंगलबार संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त तथ्यांक उल्लेख गरेकी हुन्।
उनले भनिन्, ‘सरकारको कोभिड महामारीको नियन्त्रण, रोकथाम र उपचारका लागि हरसम्भव प्रयास गरेको छ । हालसम्म लक्षित जनसंख्याको करिव ९६ प्रतिशतलाई पहिलो र ८५ प्रतिशतलाई पूर्ण मात्रा खोप लगाई सकिएको छ। त्यसैगरी करिव ३८ लाख नागरिकलाई खोपको अतिरिक्त मात्रा लगाई सकिएको छ । स्वास्थ्य पूर्वाधार, औषधि, अक्सिजन, स्वास्थ्य सामग्री र जनशक्ति व्यवस्थापनमा तीनै तहका सरकारहरु परिचालित भएका छन।’ राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छिन्।
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय