हिमाल दैनिक
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका संक्रमितको संख्या कम हुँदैजाँदा सर्वसाधारणको जीवनमा केही राहत आउँदै गर्दा फेरि कोरोनाको नयाँ चरणले उकालो लाग्न सुरु गरेको छ। विगत २४ घण्टामा नेपालमा थप ८ सय ९५ जनामा कोरोना संक्रमित थपिनुका साथै एक जनाको निधन भएको छ। देशभर गरिएको ३ हजार ६ सय ८५ पिसिआर परिक्षणका क्रममा ६ सय ३२ जना र २ हजार २ सय २४ एन्टीजेन परिक्षणका क्रममा २ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ। त्यस्तै थप २ सय ६४ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल नेपालमा ४ हजार ९ सय ३४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको पनि मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  १६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update