हिमाल दैनिक
भिषण वर्षाले नुवाकोटमा व्यापक क्षति, कांग्रेस प्रवक्ता महतद्वारा सरकारसँग उद्धार, राहत र क्षतिपूर्तिको अनुरोध
nuwakt 5
नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले गएराती परेको अविरल बर्षाको कारणले आएको बाढी र पहिरोबाट नुवाकोट जिल्लाको क्षेत्र नं १ का विभिन्न स्थानमा पुगेको क्षतिप्रति दुःख प्रकट गरेका छन्। महतको सचिवालयले जारी गरेको विज्ञप्ति अनुसार, महतले गएरातिको अविरल बर्षाले नुवाकोटको तादी खोलामा आएको बाढीबाट जिल्लाको क्षेत्र न १ को दुप्चेश्वर ३ राउतबेसी , तादी ४ सातबिसे र पञ्चकन्या ४ थप्रेक जोड्ने पक्कि पुल ,पञ्चकन्या २ आप्र र तादी ५ बाहुनबेसी जोड्ने पक्कि पुल र पञ्चकन्या १ को सिमारा फाट र लिखु ३ सूर्यमती र १ ढिकुरे जोड्ने पक्कि पुलहरुमा व्यापक क्षति पुगेको बताउँदै प्राकृतिक प्रकोपबाट पुगेको क्षति प्रति दुःख व्यक्त गरेका हुन्। कांग्रेस प्रवक्ता महतले बाढी र पहिरोका कारण नुवाकोटका आधादर्जन बढी पक्की पुल र धानखेतीमा क्षति पुगेको र पशु चौपाया समेत बगाएको उल्लेख गर्दै शीघ्र उद्दारकार्यमा लाग्न सबैमा अनुरोध गरेका छन्। पूर्वमन्त्री महतले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र विपद्को घडीमा मानवीय तथा भौतिक क्षति रोक्दै बस्ती संरक्षणमा लाग्न, यथाशीघ्र उद्वार र राहतकार्यमा सरिक हुन सम्बन्धित सबैमा अनुरोध गरेका छन्। साथै उनले प्रभावित क्षेत्रमा तत्काल क्षतिको यथार्थ आंकलन गरी यथाशीघ्र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसंग माग समेत गरेका छन्। महतले नेपाल सरकारका विभिन्न निकायलाई बाढी पहिरोले पुर्याएको सडक, पुल, खानेपानी आयोजना,सिंचाई आयोजना लगायतका संरचनाहरुको अनुगमन मूल्यांकन गरेर यथाशिध्र मर्मत, संभार र पुनर्निमाण गरी जनजीवन सामान्य अवस्थामा ल्याउन विशेष ध्यान दिन समेत अनुरोध गरेका छन्।
प्रकाशित मिति: बुधबार, साउन २५, २०७९  १३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update