हिमाल दैनिक
समाजवादी चिन्तक गिरीको अन्त्येष्टि
Pradip giri's last rite
समाजवादी चिन्तक प्रदीप गिरीको पार्थिव शरीर पशुपतिनाथस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले त्यस अवसरमा उहाँको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान एवं श्रद्धाञ्जली अर्पण गर्नुभयो । नेकपा ९एमाले०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि आर्यघाट पुगेर उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । सो अवसरमा नेपाल प्रहरीको एक टुकडीले स्व गिरीप्रति सलामी अर्पण ग¥यो । स्व गिरीलाई उहाँका छोरा सन्तोष गिरीले दागबत्ती दिनुभयो । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारार्थ रहनु भएका सांसद गिरीको गएराति निधन भएको हो । गिरीको अन्त्यष्टिमा नेपाली कांग्रेसका केन्द्रीय समिति पदाधिकारी, मन्त्रीगण, सांसद, नेता तथा कार्यकर्ता, शुभेच्छु र समाजका विभिन्न क्षेत्रका व्यक्तिको पशुपति क्षेत्रमा बाक्लो उपस्थिति थियो । स्व गिरीका श्रीमती र एक छोरा हुनुहुन्छ । रासस
प्रकाशित मिति: सोमबार, भदौ ६, २०७९  १२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update