चर्चित गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटाले पनि एक्सपेङ्ग को जी–६ विद्युतीय सवारी साधन रोजेका छन्।
नेपालको प्रतिष्ठित व्यापारिक समूह चौधरी ग्रुप अन्तरगतको सीजी मोटर्स कम्पनीले जारी गरेको विज्ञप्ति अनुसार, एक्सपेङ्गको आधिकारिक ब्राण्ड एन्डोर्सरका रुपमा बाँस्कोटाले उक्त मोडल रोजेका हुन्।
उनको छनौटले नवप्रवर्तन, बौद्धिकता र भविष्यकेन्द्रित मोबिलिटीप्रतिको साझा दृष्टिकोणलाई प्रतिनिधित्व गर्दछ।
परम्परागत नेपाली संगीतलाई आधुनिक अभिव्यक्तिसँग सफलतापूर्वक जोड्दै आएका बाँस्कोटा नयाँ पुस्ताका सर्जकहरूको प्रतिनिधि हुन्, जो परिवर्तनलाई आत्मसात् गर्दै आफ्नो मौलिक पहिचान जोगाइराख्छन्।
एक्सपेङ्ग जी–६ को छनौट पनि यही दर्शनसँग मेल खान्छ—भविष्यको सोच राख्नेहरूका लागि डिजाइन गरिएको प्रिमियम इलेक्ट्रिक एसयुभी, रहेको कम्पनीको दाबी छ।
एक्सपेङ्गको अत्याधुनिक सेपा २.० प्लेटफर्ममा निर्माण गरिएको एक्सपेङ्ग जी–६ले स्लिक कुपे–एसयुभी डिजाइन, इन्टेलिजेन्ट ककपिट र नेक्स्ट(जेन टेक्नोलोजीमार्फत प्रिमियम इभी सेग्मेन्टमा आफूलाई अलग पहिचान दिन सफल भएको सीजी मोटर्सले बताएको छ।
यसले व्यावसायिक दैनिकीदेखि व्यक्तिगत यात्रासम्म आत्मविश्वासपूर्ण, परिष्कृत र भविष्य(तयार ड्राइभिङ अनुभव प्रदान गर्दछ।
उच्च क्षमताको ब्याट्री र अत्याधुनिक ८००–भोल्ट चार्जिङ आर्किटेक्चरद्वारा सञ्चालित एक्सपेङ्ग जी–६ले डब्ल्युएलटिपी अनुसार ४३५ किमीसम्मको ड्राइभिङ रेञ्ज प्रदान गर्दछ। १९० किलोवाट शक्तिशाली इलेक्ट्रिक मोटर र ४४० एनएम टर्कसहितको यो प्रिमियम इलेक्ट्रिक एसयुभी कुपेले उत्कृष्ट शक्ति र प्रदर्शन सुनिश्चित गर्छ। उन्नत स्मार्ट प्रविधि, फास्ट-चार्जिङ क्षमता तथा फराकिलो र आरामदायी इन्टेरियरले सुसज्जित एक्सपेङ्गले प्रिमियम इलेक्ट्रिक मोबिलिटीमा नयाँ मापदण्ड स्थापित गरेको छ। यस मूल्य दायरामा यति उच्च मोटर क्षमता र प्रदर्शन दिने कुनै अन्य प्रिमियम सेग्मेन्टको सवारी उपलब्ध नभएकाले, शक्ति, प्रदर्शन र समग्र मूल्यको हिसाबले एक्सपेङ्ग जी–६ बेस्ट(इन(क्लास विकल्प हो।
डिजिटल ककपिट, ठूलो सेन्ट्रल टचस्क्रिन, भ्वाइस–इनेबल्ड कन्ट्रोल तथा एड्भान्स ड्राइभर(असिस्टेन्स सिस्टमले एक्सपेङ्ग जी–६ लाई प्रदर्शन, आराम र नवप्रवर्तनको सन्तुलित संयोजन बनाएको छ।
सर्जनशीलता, प्रगति र दिगोपन रोज्नेहरूका लागि एक्सपेङ्ग जी–६ले प्रिमियम इलेक्ट्रिक मोबिलिटीमा नयाँ मापदण्ड स्थापित गरेको छ।


