हिमाल दैनिक
एनसीसी बैंक र कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता
Image
नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले आफ्ना ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने उद्देश्यले कर्णाली प्रदेश, सुर्खेत, जुम्लारोड स्थित कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.सँग सम्झौता गरेको छ। एनसीसी बैंकले जारी गरेको विज्ञप्ति अनुसार, बैंकका तर्फबाट कर्णाली प्रदेश प्रमुख चेतकान्त जैसी बञ्जाडे र कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. कर्णाली प्रदेश, सुर्खेत, जुम्लारोडको तर्फबाट उप निर्देशक दिपक कुमार गौतमले हालै हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार बैंकको भिसा डेभिट कार्ड तथा मोबाइल बैंकीङ्ग प्रयोगकर्ताले उक्त कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लिमा क्याबिन डिलक्समा २५ प्रतिशत, क्याबिन (साधारण) तथा पूरा शरिर परिक्षणमा २० प्रतिशत, शल्यक्रिया शुल्कमा १५ प्रतिशत, सिटी स्क्यान, एक्सरे, अल्ट्रा साउण्ड, इको, इण्डोस्कोपी, आइसीयु, एअआइसीयु, पोष्ट अप, दाँच र एम्बुलेन्स सेवामा १० प्रतिशत र प्याथोलोजी र फार्मेसी (औषधी)मा ५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्ष देखि सरल, सहज र भरपर्दो बैंकिङ्ग सेवा तथा ग्राहकहरु माझ विभिन्न प्रकारका सेवा सुविधाहरु प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त एनसीसीले देशैभर शाखा सञ्जाल फैलिएको छ। एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३३ एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ। एनसीसी बैंक २५ वर्षदेखि आम नागरिकका माझ विश्वासिलो बैकिङ्ग सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुँदै आएको छ।
प्रकाशित मिति: मंगलबार, भदौ १४, २०७९  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update