हिमाल दैनिक
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज दैलेख आउनुहुने भएको छ । कर्णाली प्रदेशका दुई जिल्लामा आयोजित चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आउनु लाग्नु भएको नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले जानकारी दिनुभयो । कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले सभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको केसीले बताउनुभयो । उहाँहरु आजै नवलपरासीको कार्यक्रममा सहभागी भइ आजै सुर्खेतको गुर्भाकोटको खैरेनी भेरी किनारमा हुने चुनावीसभालाई सम्बोधन गर्न आउनुहुनेछ । रासस
प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update