हिमाल दैनिक
मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभातर्फको सुरुवाती मतगणनामा नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी (डिना) उपाध्यायले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई दोब्बरमतको अन्तरले पछि पारेकी छिन्। सोमबार अपरान्ह सुरु भएको मतगणनाको प्रारम्भिक मतपरिणाम अनुसार, एमालेको चुनाव चिन्ह उधारोमा लिएर मैदानमा उत्रिएका थापालाई पछि पार्दै अग्रता लिएकी हुन्। अहिलेसम्म गणना भएको वागमती गाउँपालिकाको वडा नम्बर ४ को १३ सय ३५ मतमध्ये उपाध्याले ७८९ मत प्राप्त गरी अग्रता कायम गर्दा थापाले ३५१ मत ल्याएर पछ्याइरहेका छन्। त्यसैगरी राप्रपाका दिपकबहादुर सिंहले ५० तथा स्वतन्त्र पार्टीका उम्मेदवारले २७ मत ल्याएका छन्। कांग्रेस सहमहामन्त्री उपाध्यायले समानुपातिक तर्फको सदस्य सहज रुपमा बन्न सक्ने बाटो छोडेर पटक पटक पराजित हुँदै आएको उक्त निर्वाचन क्षेत्रबाट प्रत्यक्ष चुनाव लड्ने अडान लिँदै मैदानमा उत्रिएकी थिइन।
प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update