हिमाल दैनिक
सुनसरी (४) बाट कांग्रेसका ज्ञानेन्द्र कार्की विजयी
317806573_595566099236630_7049246210876755528_n
सुनसरी क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका नेता एवं सूचना तथा संचार प्रविधि मन्त्री ज्ञानेन्द्र कार्की विजयी भएका छन्। मंसिर ४ गते सम्पन्न निर्वाचनको जारी मतगणनाको बिहिबार अन्तिम नतिजा अनुसार, कार्कीले नेकपा एमालेका उम्मेदवार जगदिशप्रसाद शुसियैतलाई झिनो मत अन्तरले पराजित गर्दै उक्त क्षेत्रबाट दोस्रो पटक लगातार सांसद बन्न सफल भएका हुन्। निर्वाचन अधिकृतको कार्यालय सुनसरीका अनुसार, कांग्रेस उम्मेदवार कार्कीले ३० हजार ४ सय ८३ मत प्राप्त गरी विजयी हुँदा उनका निकटम प्रतिद्वन्द्धी एमालेका कुसियैतले ३० हजार ३ सय ७१ मत मात्र ल्याउन सफल भए। उनीहरुबीचको मत अन्तर केबल १ सय १२ मतको मात्र देखिएको छ। मतगणनाको सुरुदेखि नै तिब्र प्रतिस्पर्धामा रहेका कार्की र कुसियैतको मतअन्तरमा अति कम फरक देखिएपछि पटक पटक मत गणनामा विवाद चर्किने, मतगणना कार्य रोकिने र पुनः सुचारु हुने गर्दै आएको थियो। मंसिर ४ गते सम्पन्न निर्वाचनमा सरकारका अधिकांश मन्त्रीहरु पराजित भएको बेला कार्की भने जित निकाल्न सफल भएका छन्।
प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  १२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update