हिमाल दैनिक
बागमती प्रदेशको ४४ सिटमा पनि एमाले/कांग्रेसकै स्थान बढी, कुल ७ दलको उपस्थिति
Bagmati ko PR seats
बागमती प्रदेशको समानुपातिक तर्फको ४४ सिटमा प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमालेसहित ७ दलले आफ्नो स्थान सुरक्षित गर्ने सम्भावना देखिएको छ। बिहिबार अपरान्ह ३ बजेसम्म भएको १८ लाख २९ हजार ८ सय १३ मत गणनामा सबै भन्दा धेरै नेकपा एमालेले ५ लाख ५४ हजार ज्यादा मतसहित १४ समानुपातिक सिटमा आफ्नो स्थान सुरक्षित गरेको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ४ लाख ६३ हजार ज्याद मतसहित ११ सिटमा आफ्नो स्थान सुरक्षित गर्दा २ लाख ६९ हजार मत ल्याएको नेकपा माओवादी केन्द्र र २ लाख ६६ हजारमाथि मत ल्याएको राप्रपाले क्रमशः ७÷७ सिटमा आफ्नो स्थान सुरक्षित गर्ने देखिएको छ। हाल जारी मतगणनाको अनुपात सोही आधारमा अघि बढेमा नेपालम मजदूर किसान पार्टी र नेकपा एकीकृत समाजवादीले समानुपातिक तर्फको दुई, दुई सिट तथा नयाँ गठन भएको हाम्रो नेपाल पार्टीले जम्मा १ सिटमा स्थान सुरक्षित गर्दै प्रदेश सभामा उपस्थिती जनाउने सम्भावना देखिएको छ।
प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update