हिमाल दैनिक
पोखरा महोत्सवलाई ग्रीन डेभलपमेन्ट बैंकको साथ
pokhara mahotsav banking partner
एघारौ पोखरा महोत्सवको बैङकिङ पार्टनरमा ग्रीन डेभलपमेन्ट बैंक रहने भएको छ। शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागि नयाँ गन्तब्य चिडियाखानाको निर्माणमा पहलकदमी संगैै सेती नदी संरक्षणमा काम गर्दै आइरहेको युनाईटेड क्लव पोखराले आगामी पुषको २७ देखी माघको ९ गतेसम्म पोखराको अमरसिंह चौरमा आयोजना गर्ने एघारौं संस्करणको पोखरा महोत्सवमा ग्रीन डेभलपमेन्ट बैंकले बैङ्किङ पार्टनरका रुपमा सहकार्य गर्न तयार भएको हो। हालै एक कार्यक्रमकाबीच महोत्सव आयोजक युनाईटेड क्लवका अध्यक्ष राजु श्रेष्ठ र ग्रीन डेभलपमेन्ट बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकीबीच सम्झौता पत्रमा हस्ताक्षर भयो। सो अवसरमा वोल्दै बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत बुढाथोकीले गण्डकी प्रदेशमा पोखरामा प्रधान कार्यालय रहेको एकमात्र प्रदेश स्तरिय ग्रीन डेभलपमेन्ट बैंक सामाजिक क्षेत्रमा अग्रणी स्थानमा रहेर कार्य गर्दै आएकोमा अब युनाईटेड क्लवसंगको सहकार्यले थप उत्साहित बताएको बताए। साथै उनले क्लवको सामाजिक काममा सहकार्य गरेर आफुहरु अगाडि वढ्न तयार रहेको बताए। त्यस्तै क्ल्वका अध्यक्ष श्रेष्ठले युनाईटेड क्लवले पोखरामा रहेको विभिन्न संघ संस्थाहरुको सहकार्य र सहयोगकै कारण पोखरा महोत्सव सफल भएको वताउदै युनाईटेडको सामाजिक अभियानमा सम्पूर्ण पोखरेलीको साथ र सहयोग आवश्यक रहेको वताए।  
प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  १७:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update