हिमाल दैनिक
राप्रपा र नागरिक उत्मुक्ति पार्टी सरकारमा सहभागी नहुने
gathbandhan
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पार्टी तत्काल सरकारमा सहभागी नहुने भएको छ । संसद भवन नयाँ बानेश्वरमा सोमबार बसेको सत्ता गठबन्धनको बैठकमा राप्रपाले सरकारमा तत्काल सहभागी नहुने जानकारी गराएको हो । त्यस्तै नागरिक उत्मुक्ति पार्टीले पनि सरकारमा सहभागी नहुने जानकारी गराएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले अहिले सरकारलाई आफुहरुको पूर्ण समर्थन रहेको र सरकारमा भने तत्काल सहभागी नहुने बताए । उनले परिस्थिति हेरेर आवश्यक निर्णय गरिने जानकारी दिए ।
प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update