हिमाल दैनिक
ग्यास सिलिण्डर पड्किएर घाइते सांसद भण्डारीको आमाको निधन
FpEVx3RakAEF4QK
ग्यास सिलिण्डर पड्किएर घाइते भई उपचाररत नेपाली कांग्रेसका सांसद डा चन्द्रकान्त भण्डारीका आमा हरिकला भण्डारीको उपचारकै क्रममा निधन भएको छ । कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको अस्पतालका मेडिकल डाइरेक्टर डा निजिना ताम्राकारले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहान करिब १० बजेर ५७ मिनेटमा उहाँको निधन भएको हो । हिजो राति ग्यास पड्किएर नेता डा भण्डारीसहित उहाँकी ८६ वर्षीया आमा हरिकला घाइते हुनुभएको थियो । आमा हरिकलाको जीउको अधिकांश भाग गरी ७० प्रतिशतसम्म जलेको सो अस्पतालले जनाएको थियो । यस्तै नेता डा भण्डारीको दुवै हात र दुवै गोडा गरी शरीरका २५ देखि ३० प्रतिशतसम्म भाग जलेको चिकित्सकले बताएका छन् । डा भण्डारीको उपचार जारी छ । रासस
प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९  १२:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update