स्कटल्याण्डद्वारा नेपालसामू २१३ रनको चुनाैती
                        
                        
                                                
                                             
                                                
                        आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्याण्डलाई २१२ रनमा सिमित गर्न सफल भएको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको खेलको सुरुवातमा टस जितेर फिल्डिङ रोजेको नेपालले स्कटल्याण्डलाई ४६.१ ओभरमा सबै विकेट लिँदै २१२ रनमा सिमित गर्न सफल भएको हो।
यस सिरिजमा लगातार चौथो जितको खोजीमा रहेको नेपालका लागि सन्दीप लामिछानेले सुरुका महत्वपूर्ण व्याट्सम्यानहरुलाई पेभेलियनको बाटो लगाउँदै कुल १० ओभरको बलिङमा ४५ रन खर्चिँदै चार विकेट लिन सफल भए।
यसैगरी नेपालका लागि करण केसीले ८.१ ओभरमा ४२ रन दिएर ३ विकेट लिए भने ललित राजवंशीले १० ओभर बलिङ गर्दै जम्मा ३३ रन दिएर १ विकेट तथा कुशल मल्लले ६ ओभर बलिङ गर्दै ३० रन दिएर एक विकेट आफ्नो खातामा पार्न सफल भए।
यसअघिको खेलमा तीन विकेटले पराजित गरेको नेपालका लागि कुल ५० ओभरको खेलमा नेपालले स्कटल्याण्डलाई ४६.१ ओभरमै अलआउट गराएको नेपालका लागि आजको खेल जित्न अब २१३ रनको लक्ष्य पार गर्नु पर्ने छ।
चौथो जितको प्रतिक्षामा रहेको नेपालले नामिबियाविरुद्ध दुई खेल नै जितेको थियो। नेपाल २७ खेलमा ११ मा जित र १४ मा हारसहित २४ अङ्कका साथ छैटौँ स्थानमा छ।
त्यस्तै स्कटल्याण्ड ३५ खेलमा २४ मा जित र नौ मा हारका साथ ५० अङ्कका साथ शीर्षस्थानमा छ। नेपाली टोलीमा कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, ललितनारायण राजवंशी र सन्दीप लामिछाने छन्।
                        
                    
                प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    


 
                                         
                                         
                                         
                    