Dashain Banner
Dashain Banner
हिमाल दैनिक
फ्रान्सलाई २–० ले सहजै पराजित गर्दै स्पेन फाइनलमा
Photo: @FIFAWorldCup

फिफा विश्वकप २०२६ को जारी खेलमा स्पेनले प्रतियोगिताकै सशक्त टोलीका रुपमा परिचित फ्रान्सलाई पराजित गर्दै फाइनलमा पुग्ने पहिलो राष्ट्र बनेको छ। 

बुधबार बिहान अमेरिकाको टेक्सासस्थित डालस स्टेडियममा सम्पन्न पहिलो सेमिफाइनल खेलमा फ्रान्सलाई २–० गोल अन्तरले पराजित गर्दै स्पेनले फाइनलको यात्रा सुरक्षित गरेको हो।

दुबै टिममा रहेका सशक्त र उदयमान खेलाडीहरुले भरियो यो खेलको सुरुवातदेखि नै फ्रासमाथि स्पेनका खेलाडीको कलात्मक खेल हाबी हुन पुगेको थियो।

पहिलो हाफको १९औं मिनेटमा फ्रान्सका लुकास डिनल स्पेनका युवा खेलाडी लामिन यामललाई डिबक्सभित्र नराम्रो प्रहार गर्दै लडाएपछि स्पेनले पेनाल्टीको अवसर पाएको थियो।

स्पेनका ओयार्जाबालले फ्रान्सका गोलकिपर माइक मेग्रनलाई छक्काउँदै बललाई गोलपोष्टको देब्रे कर्नरमा जाली छुवाएपछि स्पेनले एक गोलको अग्रता कायम गर्न सफल भएको थियो।

पहिलो हाफमा एक गोलको अन्तरकाबिच फ्रान्सले गोल फर्काउने कोशिश जारी राखेपनि सफल हुन सकेन।
दोस्रो हाफको खेलमा पनि फ्रान्समाथि स्पेनी खेलाडीकै दबदबा कायम रह्यो।

खेलको ५८औं मिनेटमा स्पेनका पेड्रो पोरोले डानी ओल्मोसँग रोचक पास लिँदै विपक्षी किपरलाई छलाएर उत्कृष्ट गोल गर्न सफल भए।

त्यसपछि दुई सून्यको अन्तरले पछि परेको फ्रान्सले जतिसुकै प्रयास गरेपनि विपक्षी टोलीको बलियो डिफेन्सलाई भत्काउन सकेन र अन्त्यमा स्पेनविरुद्ध दुई सून्यले पराजय भोग्न बाध्य भयो।

खेल अवधिभर जम्माजम्मी दुई पटक स्पेनको पोष्टमा गोल गर्ने प्रयास गरेको फ्रान्स र यसका कप्तान किलियन एम्बाप्पेले आफ्नो निरिहता र निराशा प्रदर्शन गर्नेक्रममा स्पेनका किपर सिमोनलाई हिर्काएर लडाएपछि पहेलो कार्ड खान पुगे।

विश्कप विजेता बन्ने लक्ष्यकासाथ १६ वर्षपछि फाइनलमा स्थान सुरक्षित गरेको स्पेनले अब आजै राती हुने इंग्ल्याण्ड र साविक विजेता अर्जेन्टिनाबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। 

Wednesday, Jul 15