हिमाल दैनिक
पराग्वेविरुद्ध एम्बाप्पेको पनेल्टीले फ्रान्स क्वाटरफाइनलमा प्रवेश
Photo: @FIFAWorldCup

फिफा विश्वकप–२०२६ को जारी प्रतियोगितामा साविकको उपविजेता टिम फ्रान्सले क्वाटरफाइनलको यात्रा सुनिश्चित गरेको छ। 

आइतबार बिहान अमेरिकाको फिलाडेल्फिया स्टेडियममा सम्पन्न खेलमा पराग्वेलाई १–० ले पराजित गर्दै सेमिफाइनलको यात्रा अघि बढाउने अवसर कायमै राखेको हो।

सेमिफाइनल प्रवेशका लागि अब फ्रान्सले यसअघि नै आफ्नो स्थान सुरक्षित गरिसकेको अफ्रिकन राष्ट्र मोरक्कोसँग प्रतिस्पर्धा गर्नु पर्नेछ।

पराग्वे विरुद्धको संघर्षपूर्ण खेलमा फ्रान्सका कप्तान किलियन एम्बाप्पेले मुस्किलले प्राप्त पेनाल्टी सुटआउटको साहरामार्फत आफ्नो टोलीको जित सुनिनश्चित गर्नु परेको थियो।

खेलको ७०औं मिनेटमा पाएको पेनाल्टीको अवसरमा विपक्षी गोलरक्षकलाई छलाएर सहजै पोष्टमा छिराएर फ्रान्सलाई अग्रता दिलाए। 

आक्रामक शैलीमा मैदानमा उत्रिएका दुबै टोलीबिचको खेलका क्रममा पराग्वेको डिबक्सभित्र फ्रान्सका डिजायर डुएलाई पाराग्वेका खेलाडी लडाएपछि रेफ्रीले भारको सहायता लिँदै फ्रान्सका लागि पेनाल्टीको अवसर दिलाएका थिए।

यसरी प्राप्त पेनाल्टीलाई गोलमा बदल्दै फ्रान्सलाई क्वाटरफाइनलको यात्रामा अघि बढाएका एम्बाप्पेको यो व्यक्तिगत सातौँ गोल हो। जुन अर्जेन्टिनाका लियोनल मेसीको सरह शीर्ष स्थान हो।

अब सेमिफाइनल प्रवेशका लागि फ्रान्सले मोरक्कोसँग खेल्नेछ। यी दुई टोली सन् २०२२ को विश्वकपमा सेमिफाइनलमा प्रतिष्पर्धा गरेका थिए। उक्त खेलमा मोरक्कोलाई हराउँदै फ्रान्स फाइनलमा पुगेको थियो।

प्रकाशित मिति: आइतबार, असार २१, २०८३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update