फिफा विश्वकप २०२६ को पहिलो क्वाटरफाइनल खेलमा फ्रान्सले अफ्रिकन राष्ट्र मोरक्कोलाई २–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।
कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई २(० ले पराजित गर्दै फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
अमेरिकाको बोस्टन स्टेडियममा शुक्रबार बिहान भएको खेलको पहिलो हाफमा फ्रान्सका कप्तान किलियन एम्बाप्पेले पेनाल्टी मिस गर्दै निरासाजनक प्रदर्शन गरेपनि दोस्रो हाफमा मोरक्कोविरुद्ध गोल गर्दै फ्रान्सलाई सेमिफाइनलको यात्रा सहज बनाएका थिए।
खेलको पहिलो हाफको २५औं मिनेटमा मोरक्कोका माजाउरीले पेनाल्टी बक्समा फल गरेपछि पाएको पेनाल्टी हान्ने अबसर पाएका एम्बाप्पेको प्रहारलाई मोरक्कोका गोलकिपर यासिन बोनोउले उत्कृष्ट प्रदर्शन गर्दै गोल हुनबाट रोकिदिएर सनसनी मच्चाए।
सन् २०१८ को विजेता तथा सन ०२२ को उपविजेता फ्रान्सले यसअघिको विश्वकपमा पनि क्वाटरफाइनलमा मोरक्कोसँगै भिडेको थियो।
पहिलो हाफमा पेनाल्टीमा मिस गरेर केही नर्भस जस्तै बनेका एम्बाप्पेले दोस्रो हाफको ६०औं मिनेटमा डिजायर डुएको पासमा उत्कृष्ट गोल गर्दै आफ्नो टोलीलाई फाइनल यात्राको बाटो देखाए।
अधिकांश समय बललाई आफ्नो नियन्त्रणमा लिएको फ्रान्सबाट बेलाबखतमा काउन्टर एट्याक गर्न प्रयास गरेपनि मोरक्कोले कुनै गोल गर्न सकेन। बरु उल्टै खेलको ६६औं मिनेटमा फ्रान्सका फरवार्ड स्ट्राइकर डेम्बेलेले अर्को गोल थप्दै फ्रान्सको अग्रतालाई दोब्बर बनाए।
डेम्बेलेको गोलका लागि बल पास गरेर अवसर जुराइदिएको एम्बाप्पले यो विश्वकपमा व्यक्तिगत ८ गोल गर्ने फ्रान्सको खेलाडी मात्रै भएका छैनन्, सर्वाधिक गोल गर्ने अर्जेन्टिनाका कप्तान लियोनल मेसीकै सरह बराबर गोल गर्दै गोल्डेन बुटको दाबेदाबर बनेका छन्।
अब फाइनल यात्राका लागि फ्रान्सले स्पेन र बेल्जियमबिचको खेलबाट क्वाटरफाइनलमा जितेर आउनेसँग प्रतिस्पर्धा गर्नेछ।



