लियोनल मेसीको नेतृत्वमा रहेको डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ।
अमेरिकाको एटलान्टा स्टेडियममा बिहिबार बिहान चिरप्रतिद्वन्द्धी इंग्ल्याण्डलाई नाटकीय ढंगले पराजित गर्दै सन २०२२ को विजेता अर्जेन्टिनाले लगातार दोस्रो पटक फाइनलमा पुग्न सफल भएको हो।
फुटबल प्रतिस्पर्धालाई मल्लयुद्ध झल्को दिनेगरी पहिलो हाफमा गोलरहित बराबरीमा टुंग्याएका दुबै टिमले एकअर्काविरुद्ध आक्रामक प्रहारमै टुंग्याए।
दोस्रो हाफको ५५औं मिनेटमा इंग्ल्याण्डका मोर्गन रोजर्सले दाया कर्नरबाट दिएको पासलाई एन्थोनी गोर्डनले अर्जेन्टिनाका रक्षक र किपर दुबैलाई छलेर गोल गर्न सफल भए।
एक सून्य गोलले पछि परेको अर्जेन्टिनाले त्यसपछिका समयमा बललाई आफ्नो नियन्त्रणमा लिँदै पटक पटक विपक्षीको पोष्टमा प्रहार गर्दै नतिजा निकाल्ने प्रयास जारी राखेपनि विफल बनिरहेका थिए।
तर, नियमित समयको अन्तिम पाँच मिनेटसँगै इन्ज्यूरी टाइमको दुई गरी केबल ७ मिनेटको समयमा इंग्ल्याण्डले लय गुमाएर प्रतिरक्षा गर्न नसकेपछि अर्जेन्टिनासँग २–१ को नमिठो पराजय व्यहोर्दै फाइनलको यात्रामा टुंग्याउनु पर्यो।
पछिल्ला तीन खेलमा जस्तै अर्जेन्टिना भने दुई गोलको अन्तरले पछि पर्दा पनि अन्तिम समयमा कमब्याक गर्दै जित निकालेजस्तै बिहिबारको खेलमा पनि दोहोरियो।
पटक पटक पोष्ट एटेम्प्ट गरेको अर्जेन्टिनाका कप्तान मेसीले आफ्नो प्रयासमा परिणाम नआएपछि आफ्ना टिमका साथीहरुलाई पास दिए जुन असिस्टले अर्जेन्टिना विजयी पनि बन्यो।
खेलको ८५औं मिनेटमा मेसीले डिबक्स बाहिर दायाँ साइडबाट दिएको पासलाई एन्जो फर्नान्डलले प्रहार गर्दै गोलमा परिणत गरे। उनको उक्त गोलले बराबरीको स्थितीमा आइपुगेको अर्जेन्टिनाले त्यसको सात मिनेटभित्रै अर्थान इन्ज्युरी टाइमको दोस्रो मिनेटमै मेसीकै पासलाई अतिरिक्त खेलाडीका रुपमा मैदान प्रवेश गरेका लाउटारो मार्टिनेजले हेड गर्दै गोल गरिदिएपछि खेलको लयसँगै नतिजा नै उलटफेर हुन पुग्यो।
यो खेलसँगै यसअघि तीन पटक विश्वकप उपाधी जितेको अर्जेन्टिना चौथो पटक पनि जित्ने लक्ष्यसहित अब साविकको युरोकप विजेता स्पेनसँग भिड्ने छ। उता सन १९६६ मा पहिलो पटक विश्वकप जितेको इंग्ल्याण्डको दोस्रो पटक जित्ने लक्ष्यसहितको फाइनल यात्रालााई मेसीले विफल पारिदिए।



