हिमाल दैनिक
अर्जेन्टिनालाई निरिह र स्तब्ध पार्दै विश्वकपको उपाधि स्पेनको कब्जामा
Photo: @FIFAWorldCup

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै साविकको युरोकप च्यामिपयन स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। 

आइतबार मध्यरातमा अमेरिकाको न्युयोर्कस्थित न्युजर्सीमा सम्पन्न फुटबलको फाइनल खेलमा युवाहरुले भरिएको स्पेनले अतिरिक्त समयको १०६औं मिनेटमा गरेको गोल नै उपाधिमा कब्जा जमाउन पर्याप्त बन्यो।

सन २०१० मा पहिलो पटट विश्वकप जितेर फुटबल जगतमा स्थपित स्पेनले १६ वर्षपछि साविकको विश्वविजेता अर्जेन्टिनालाई स्तब्ध पार्दै दोस्रो पटक उपाधि चुम्न सफलभयो।

खेलको १०६ औं मिनेटमा फेरान टोरेसले गरेको एकमात्र गोल निर्णायक बन्यो।

खेलको सुरुवातदेखि नै अर्जेन्टिनाका खेलाडीमाथि दबदबा कायम गर्दै निरन्तर विपक्षीको पोष्टमा आक्रमण जारी राखेको स्पेनसामु अजेन्टिनाका हस्तीहरुले भरिएको टिम समेत निरिह बन्न बाध्य भयो।

पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको खेल दोस्रो हाफमा अझै बढी आक्रामक बन्न पुग्यो।

दोस्रो हाफको सुरुवातमै अर्जेन्टिनाका एन्जो फर्नान्डिजले दोस्रो पहेँलो कार्डबाट रातो कार्ड पाएर मैदान छाड्न बाध्य भएपछि अर्जेन्टिना १० खेलाडिमा सिमित हुन पुगेको थियो।

त्यसका बाबजूद पनि अर्जेन्टिनाका किपर मार्टिनेजले दर्जनौ पटक गोल हुनबाट बचाएर खेलालाई अतिरिक्त समयमा पुर्याएपनि स्पेनको आक्रमण रोक्न सकेनन्।

दुबै टिमका प्रशिक्षकदेखि खेलाडी समेत एकअर्काका गुरु÷चेलाका रुपमा रहेपनि विश्वका चर्चित खेलाडी लियोनल मेसीको चमत्कार स्पेनसामू जम्न सकेन। 

खेलको अन्तिम समयमा केही पटक मेसीले स्पेनको पोष्टमा बल छिराउने कोशिश गरेपनि विफल भएपछि यो विश्वकप खेल उनी र उनको टिमले पाउनेसक्ने अनेक उपाधि हेर्दाहेर्दै गुमाउनु पर्यो। 

प्रकाशित मिति: सोमबार, साउन ४, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update