हिमाल दैनिक
सरकारले राष्ट्रिय सभाको रिक्त स्थानमा माघ २५ गते निर्वाचन गर्ने निर्णय गरेको छ। सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने एक राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ २५ गते गर्नेगरी निर्वाचन आयोगमा सिफारिस पठाउने निर्णय भएको हो। तत्कालिन राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले मंसिर ४ गते सम्पन्न निर्वाचनमा एमालेको तर्फबाट रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने तयारीमा राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएपछि उक्त पद रिक्त हुन पुगेको थियो। दुर्भाग्यवस् भट्टराई भन्दा अगाडी नै उक्त क्षेत्रमा एमालेकै टिकट लिएर अर्का व्यक्ति उम्मेदवार भएपनि भट्टराईको राष्ट्रिय सभा सदस्यसँगै उम्मेदवार हुने सपना पनि अधुरै रहेको थियो। त्यस्तै बैठकले केहि सचिवहरुको पनि सरुवा गर्ने निर्णय गरेको बुझिएको छ। मन्त्रिपरिषद्को निर्णयको औपचारिक निर्णय भने शुक्रबार सरकारका प्रवक्ता बिष्णु पौडेलले सार्वजनिक गर्ने उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जानकारी दिए। लामिछानेले सरकारको न्युनतम कार्यक्रमका बिषयमा बैठकमा छलफल भएको र शुक्रबार नै अन्तिम रुप दिने बताए। न्युनतम कार्यक्रमपछि मात्रै मन्त्रिपिरिषद् बिस्तार हुने लामिछानेको भनाई छ। तर, प्रधानमन्त्री पुष्पकमल दाहाल भने पहिले सरकारको पक्षमा विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा अघि बढिरहेका छन्। लामिछानेले आफ्ना दलका तर्फबाट न्युनतम साझा कार्यक्रममा भ्रष्टाचार नियन्त्रण, स्वास्थ शिक्षा, सेवा प्रवाह चूस्तदुरुस्त, मलका बिषय लगाएतका कार्यक्रमहरुमा जोड दिएको बताए। उनले जनमत अनुसारको सरकार बनेकाले सबै दलको भावना समेटिने गरि न्युनतम कार्यक्रम बन्ने दाबी समेत गरे।
प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update