राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेल निर्वाचित
नेपालको नयाँ राष्ट्रपतिमा आठ दलीय गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन्।
बिहिबार सम्पन्न निर्वाचनको भर्खरै सम्पन्न मतगणनाको परिणाम अनुसार, पौडेलले ३३ हजार ८ सय २ मतभार प्राप्त गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन्। उनीसँग नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ पराजित भएका छन्।
नेम्वाङले १५,५१८ मतभार पाएका छन् भने ५ जना मतदाताकाे मत बदर भएकाे छ।
प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय