हिमाल दैनिक
नागरिक उन्मुक्ति पार्टीले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी)लाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। शुक्रबार बिहान बसेको पार्टी संसदीय दलको बैठकले प्रतिनिधि सभा सदस्यमा कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सदस्य श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गेको संसदी दलका प्रमुख सचेतक गंगाराम चौधरीले बताएका छन्। चौधरीले श्रेष्ठको नाम आठ दलीय गठबन्धनको बैठकमा सहमतिका लागि प्रस्ताव गरिने छ। तर, यसअघिको अनौपचारिक सहमति अनुसार, आठ दलीय गठबन्धनबाट राष्ट्रपतिमा कांग्रेसबाट रामचन्द्र पौडेललाई र उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीको तर्फबाट उम्मेदवार बनाउने तयारी भएको बताइएको छ। यसअनुसार, पौडेल बिहिबार मात्रै अत्याधिक बहुमतका साथ राष्ट्रपतिमा निर्वाचित भइसकेका छन्। कैलालीको टिकापुर घटनाको प्रमुख योजनाकारका रुपमा अदालतले दोषी करार गर्दै जेल जीवन विताइरहेका रेशम चौधरीकी श्रीमती समेत रहेकी श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेर उन्मुक्ति पार्टी र यसको नेतृत्वले संविधान र कानूनमा रहेको प्रावधानबारे गम्भीर अनविज्ञता प्रकट गरेका छन्। संविधानको प्रावधान अनुसार, देशको राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार हुनका लागि कम्तिमा ४५ वर्ष उमेर पुगेको हुनु पर्ने व्यवस्था रहेको छ। तर, उन्मुक्ति पार्टीले अघि सारेको उम्मेदवार श्रेष्ठको उमेर भने निर्वाचन आयोगको विवरणमा जम्मा ३९ वर्ष रहेको छ। यसरी उमेरको कारण उम्मेदवार नै हुन नपाउने प्रावधानलाई चटक्कै बिर्सिएर उक्त पार्टीले निर्णय गरेपछि नयाँ उदाउँदै गरेका दल र तिनका नेताहरुको योग्यता, क्षमता र गम्भीरतामाथि नै प्रश्न उपब्जिएको छ। संविधान बमोजिम निर्वाचन आयोगले उपराष्ट्रपति पदको निर्वाचनका लागि फागुन २७ गते उम्मेदवारो मनोनयन दर्ता तथा चैत ३ गने निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेकेो छ।
प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update