हिमाल दैनिक

नेपाली कांग्रेस परित्यागको घोषणा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुअघि समाजिक संजालबाट झुटो तथ्य सार्वजनिक गरेका स्वर्णिम वाग्लेले तनुहँको उपनिर्वाचनमा मत माग्दै जनतामाझ भ्रम फैलाउन सुरु गरेका छन्।

चैत १६ गते कांग्रेस छाडेको घोषणा गर्दै सोमबार तनहुँ १ को उपनिर्वाचनमा स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका वाग्लेले कांग्रेसका प्रत्यासी गोविन्द भट्टराईको विषयमा भ्रामक प्रचार गर्दै मतदातासमक्ष आफूलाई मत दिन आग्रह गर्न थालेका छन्।

चुनाव प्रचारको क्रममा बुधबार बिहान भानु नगरपालिकाको वडा नम्बर २ नारेश्वरटारमा पुगेका वाग्लेले भट्टराईका समर्थकलाई सम्झाउँदै कांग्रेस नेता भट्टराईलाई राष्ट्रिय सभामा लैजाने तयारी भइरहेको भन्दै उपनिर्वाचनमा आफूलाई मत दिन आग्रह गरे।

तरुण दलको कार्यकर्ता बताउने राजेश कार्की नामका

एक युवा कार्यकर्ताले वाग्लेसँगको भिडियो सम्वादमा तनहुँमा गोविन्द भट्टराईको लगानी धेरै छ भन्दै वाग्लेलाई आफूले सम्मान गर्ने भएपनि मत दिन नसक्ने जानकारी गराएका थिए।

जवाफमा वाग्ले त्यी स्थानीय युवा कार्यकर्तालाई सम्झाउँदै भने, ‘तपाईलाई एउटा कुरा भनु म, उहाँ राष्ट्रिय सभामा जाँदै हुनुहुन्छ। ग्यारेन्टी नै छ। गोविन्द भट्टराईलाई यसपाली न्याय गर्नु पर्छ र हुन्छ पनि। तपाई ढुक्क हुनुहोस्।’

उनले रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उहाँलाई राष्ट्रिय सभामा लैजाने कुरा नेताहरुबीच सहमति नै भइसकेको दाबी समेत गरेका छन्।

यसअघि चैत १६ गते कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवामाथि गम्भीर आरोप लगाउँदै आफूले ०४२ सालको सत्याग्रह र ०४६ सालको जनआन्दोलनमा सक्रिय रहेको दाबी गरेका छन्।

वाग्लेले सार्वजनिक गरेको आफ्नो व्यक्तिगत विवरण अनुसार, उनको जम्म ०३१ सालमा गोरखामा भएको र ०४६ सालमा बुढानिलकण्ठ स्कूलबाट एसएलसी पास गरेको बताएका छन्। उनको जन्ममिति र पंचायतकालिन समयमा विदेशी तथा स्वदेशी अनुदान सहायतामा संचालित बुढानिलकण्ठ स्कूलमा अध्ययनरत ११ वर्षिय बालकले ०४२ सालमै कांग्रेसले चलाएको सत्याग्रहमा भाग लिएको भनि तथ्यहिन र भ्रामक प्रचार गरेका थिए। 

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  १७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update