Dashain Banner
Dashain Banner
हिमाल दैनिक
सुशासन स्थापित गर्न आदर्शका कुराले होेइन नेतृत्वको नियत र निष्ठाले मात्रै सम्भव छः अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा सुशासन स्थापित गर्न राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताएका छन्।

शुक्रबार काठमाडौंमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले सुशासनका लागि आदर्शका कुरा गरेर नहुने बरु नियत र निष्ठा स्पष्ट हुनुपर्ने धारणा राखे।

भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा निष्ठापूर्वक काम हुन नसकेको उनको बुझाई छ।

दाहालले आफूले पछिल्लो पछिल्लोपटक सरकारको नेतृत्व गर्दा भ्रष्टाचारका विरुद्ध सुशासनका पक्षमा, सामाजिक विभेदका विरुद्ध सामाजिक न्यायका पक्षमा र आर्थिक समस्याबाट देशलाई राहत दिने पक्षमा इमान्दारिताका साथ काम गरेको दाबी गरे।

राजनीतिक नेतृत्वको इमान्दारिता जनताले जाँच्न खोजेको उल्लेख गर्दै अध्यक्ष दाहालले यसका लागि आफ्नो पक्षबाट योगदान गर्न तयार रहेको धारणा राखे।

उनले नेपालको राजनीतिक परिवर्तन ल्याउन र त्यसलाई स्थायित्व दिन नेपाली पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको स्पष्ट पारे।

उनले अहिलेको चुनौतीलाई सामना गर्न पनि पत्रकार महासंघले आफूलाई दृढतापूर्वक अघि बढाउनुपर्ने सुझाव दिँदै बद्नाम गर्नका लागि समाचार आउने कामलाई पत्रकार महासंघले खवरदारी गर्नुपर्ने सुझाव पनि दिए।

कार्यक्रममा पत्रकार महासंघ काठमाडौं शाखामा नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण गरिएको थियो।

Friday, Jan 03