डाक्टर केसीको समर्थनमा देशभरीका चिकित्सक आन्दोलित
                        
                        
                                                
                                             
                                                
                        चिकित्सा शिक्षा सुधारको माग राख्दै आमरण अनसनमा बसेका डा गोविन्द केसीको मागमा समर्थन गर्दै देशभरका चिकित्सक आन्दोलनमा उत्रेका छन्।
देशका विभिन्न अस्पतालका चिकित्सकहरुले मंगलबार २ घन्टा अस्पतालमा परिसरमा धर्ना दिँदै डा केसीको माग पूरा गर्न सरकारसँग माग गरेका छन्।
आकस्मिक र कोभिड बिरामीको उपचारमा हातमा कालो पट्टी बाँधेर उनीहरुले काम गरिररहेका छन्। त्यस्तै केसीको माग तत्काल पुरा गर्न माग गर्दै सोलिडारिटी फर डा. केसी एलायन्सले मंगलबार केसीको समर्थनमा काठमाडौंको नक्सालमा प्रदर्शन गरेको छ। उनीहरुले कर्णाली बिज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाए सुरु गर, स्वास्थ्यमा व्यपार बन्द गर, गोविन्द केसीको माग पुरा गर लगाएतका प्लेकार्ड बोकेका थिए।
त्यस्तै आवासीय चिकित्सकहरुले पनि डा. गोविन्द केसीको समर्थनमा प्रर्दशन गरेका छन्। डा. केसीको माग पूरा गर्न सरकारलाई दबाब स्वरुप धर्ना दिएका हुन्। चिकित्सकहरूले हातमा कालोपट्टी बाँधेर प्लेकार्डसहित प्रदर्शन गरेका थिए। उनीहरुले तत्काल डा केसीको माग पुरा गर्न आग्रह समेत गरेका थिए।
यसैबीच चिकित्सा शिक्षा क्षेत्र सुधारका ६ बुँदे माग राख्दै अनसनरत डा गोविन्द केसीलाई शिक्षा सचिव गोपीनाथ मैनालीले भेट्नुभएको छ।
 
 
                        
                    
                प्रकाशित मिति: सोमबार, असोज १९, २०७७
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    


 
                                         
                                         
                    