राजस्थानमाथि कोलकताको सानदार जित, दोस्रो स्थानमा उक्लियो
                        
                        
                                                
                                             
                                                
युएईमा जारी १३ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार राति सम्पन्न भएको खेलमा राजस्थान रोयल्समाथि कोलकता नाइट राइडर्सले सानदार जित निकालेको छ। दुबई इन्टरनेसनल स्टेडियममा भएको खेलमा कोलकताले ३७ रनको जित निकालेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको कोलकताले शुभमन गिल र इयोन मोर्गनको उत्कृष्ट प्रदर्शनपछि निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७४ रन बनाएको थियो।
कोलकताका लागि गिलले सर्वाधिक ४७ रन जोड्दा इयोन मोर्गनले अभिजित ३४ रन, आन्द्रे रसेलले २४ तथा नितिश रानाले २२ रन जोडेका थिए।
उता राजस्थानका लागि जोफ्रा आर्चरले किफायती बलिङ गर्दै २ विकेट लिए। त्यस्तै अङ्कित राजपुत, जयदेव उनदकट, टम करण राहुल तेवातियाले समान १/१ विकेट लिए।
१७५ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको राजस्थानको ब्याटिङ लाइन जम्न सकेन। निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै राजस्थान १३७ रनमा समेटियो।
राजस्थानका लागि टम करनले सर्वाधिक ५४ रन बनाउँदा जोस बट्लर २१ रनमा पभेलियन फर्किए। त्यस्तै राहुल तेवतियाले १४ रन जोड्दा अन्य ब्याट्सम्यानको प्रदर्शन संझनयोग्य रहेन।
राजस्थानलाई सस्तैमा समेट्न शिभम माभी, कमलेश नगरकोटी र वरुण चक्रवर्तीले समान २/२ विकेट लिए। त्यस्तै कुलदीप यादव, सुनिल नारेन र प्याट कमिङ्सले १/१ विकेट लिए।
जारी सिजनमा तीनै खेल खेलेका यी दुई टोलीमध्ये राजस्थानको यो पहिलो हार हो भने कोलकताको दोस्रो जित हो।
यो सँगै कोलकोता तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। दिल्ली शीर्ष स्थानमा पुग्दा राजस्थान तेस्रो स्थानमा झरेको छ।
प्रकाशित मिति: मंगलबार, असोज १३, २०७७
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    


 
                                         
                                         
                    