हिमाल दैनिक
जनकपुरका चोक चौराह जलमग्न हुँदा स्थानीयको दुर्दिन सुरु
Janakpur duban
लगातार परेको वर्षाका कारण जनकपुरधामको विभिन्न मुख्य चौकहरु जलमग्न भई डुबानको चपेटामा परेको छ। गए राति र बिहान परेको पानीले गर्दा जनकपुरधामको चौक चौक र गल्लीहरुमा पानी र हिलाम्य बनेको छ। जनकपुरधामको मुख्य चौक, रामानन्द चौकमा पानीको उचित निकास नभएकोले मुख्य चौकमा रेहेका, ओषधी पसल, खाजा पसल, शैलुन आदि पसलहरु भित्र समेत पानी पस्दा स्थानीयबासी र व्यवसायीहरु मर्कामा परेका छन्। प्रादेशिक अस्पताल, हुलाक कार्यालय लगायत अन्य सरकारी कार्यालयहरु पनि ढुबानको चपेटामा परेका छन्। उचित पानी निकास नभएकोले प्रत्येक वर्ष वर्षायाममा जनकपुरधाम जलमग्न हुने गरेता पनि सरोकारवाला निकायले खासै ध्यान नदिएको स्थानीयको गुनासो छ। मुख्य सडकहरुमा अन्डरग्राउण्ड ढ्लले काम नगरेको र पानी जम्ने, हिलाम्य हुने जस्तो समस्याहरुबाट प्रत्येक वर्ष आफुहरुले समस्या भोग्नु परिरहेको स्थानीवासीको गुनासो रहेको छ।
प्रकाशित मिति: सोमबार, असार २२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update