हिमाल दैनिक
नेपाली काँग्रेस कास्कीले जिल्लाका विभिन्न स्थानमा बाढीपहिरोका कारण जनधनमा पुगेको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितलाई तत्काल राहत उपलब्ध गराउन माग गरेको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीले आज विज्ञप्ति जारी गर्दै पहिरोका कारण पोखरा महानगरपालिका–१८ सराङकोटस्थित गोठादीमा पाँच जना, पोखरा २५ हेमजामा एक जना र पोखरा २६ पैतेडाँडामा एक जनाको मृत्यु भएको र आठ जना घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको हो । घटनामा घाइते भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका व्यक्तिको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । विज्ञप्तिमा घटनामा दिवङ्गत हुनेहरूको आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवार र आफन्तजनमा समवेदना व्यक्त गरिएको छ । रासस
प्रकाशित मिति: मंगलबार, असार २३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update