बाह्रबिसेका बाढी पहिरो पीडितलाई कांग्रेस नेता बस्नेतद्वारा राहत वितरण

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका ७३ बाढी पहिरो पीडित घरपरिवारलाई नेपाली काँग्रेसले राहत वितरण गरेको छ।
बाढीबाट सर्वस्व गुमाएर घरवार बिहिन बनेका ७३ परिवारलाई सोमबार राहत स्वरुप खाद्यान्न वितरण गरिएको हो।
नेपाली कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले चामल, दाल, चिउरा, मस्यौरालगायत खाद्यान्न जम्बुका ३४ परिवारलाई र खागदल, सिरिसे, टार र रुम्टाका ३९ परिवार गरी ७३ परिवारलाई वितरण गरिएको जानकारी दिए।
बाढीपिडितको घर भोटेकोशी र यान्की खोलाले बगाएपछि उनीहरुलाई गाँसबासकै समस्या हुँदै आएको थियो। साथै काँग्रेसले बाढी पहिरोमा परि आफन्त गुमाएका र बेपत्ता भएका परिवारलाई नगद सहयोग पनि उपलब्ध गराएको छ।
कांग्रेस नेता बस्नेत र क्षेत्रीय सभापति बालकृष्ण बस्नेतले बाह्रबिसे ५ जम्बुमा मृतक र बेपत्ता सात परिवारलाई प्रति घरपरिवार ७ हजारको दरले नगद सहयोग उपलब्ध गराएका थिए भने बाढीबाट पीडित २७ परिवारलाई दुई हजार नगदसहित खाद्यान्न राहत वितरण गरिएको थियो।
भोटेकोशीको बुल्कोटे खोलामा आएको बाढी र बाह्रबिसेको जम्बुमा यान्की खोलामा आएको बाढीमा परि २० जना अझै बेपत्ता छन् भने तीनजनाको शव भेटिएको छ।
प्रकाशित मिति: शुक्रबार, असार २६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय