बाह्रविसे क्षेत्रमा उद्धारकार्यमा खटिन कांग्रेस कार्यकर्तालाई देउवाको निर्देशन
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सरकारलाई सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा तत्काल उद्दार गर्न आग्रह गरेका छन्। सभापति देउवाले बाह्रबिसे नगरपालिकाको जम्बू र भोटेकोशी गाउँपालिकाको बुकोटे बस्तीमा पसेको बाढीबाट थप मानविय र भौतिक क्षेति हुनबाट सरकारलाई आग्रह गरेका हुन। त्यस्तै उनले कांग्रेसका कार्यकर्ताहरुलाई उक्त क्षेत्रमा उद्दारमा खटिन समेत निर्देशन दिएका छन्।
उनले सामाजिक संजाल ट्वीटरमा लेखेका छन्, 'सिन्धुपाल्चोकको बाह्रविसे क्षेत्रमा आएको बाढि र पहिरोले ठूलो जनधनको क्षेति पुग्ने देखिएको छ। म सिन्धुपाल्चोकका कांग्रेसका साथिहरुलाई तत्काल उद्दारमा खटिन निर्देशन गर्दछु। सरकारलाई छिटोभन्दा छिटो त्यो क्षेत्रमा उद्दार टोली खटाएर थप मानविय र भौतिक क्षेति हुन जोगाउन अनुरोध गर्दछु।'
गएराति १ बजेतिर उर्लिएको खहले खोल्साले बस्ती बगाएको थियो। सोही समयमा भोटेकोशीको बुलकुटे बस्तीका दुई घर समेत बगाएको थियो । घरसँगै कम्तीमा १८ जना बेपत्ता भएका छन् भने दुई जनाको शव भेटिएको छ।
प्रकाशित मिति: सोमबार, असार २२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय