बाढीले सिन्धुपाल्चोकमा १६ घर बगेः दुईको मृत्यु, १८ जना बेपत्ता

अविरल वर्षासँगै खहरे खोलामा आएको बाढी र पहिरोले अरनिको राजमार्गको दुई बस्तीका १६ घर बगाएको छ। घरसँगै कम्तीमा १८ जना बेपत्ता भएका छन् भने दुई जनाको शव भेटिएको छ।
बाह्रबिसे नगरपालिकाको जम्बू र भोटेकोशी गाउँपालिकाको बुकोटे बस्तीका घर खहरे खोलाले बगाएको हो। प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार जम्बु बजारका १४ घर बगेका छन्। त्यहाँ कम्तीमा १८ जना बेपत्ता भएका छन्। त्यँही दुई जनाको शव भेटिएको हो।
गएराति १ बजेतिर उर्लिएको खहले खोल्साले बस्ती बगाएको हो। सोही समयमा भोटेकोशीको बुलकुटे बस्तीका दुई घर समेत बगाएको छ।
त्यहाँ चार जना बेपत्ता भएको गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले बताए। उनका अनुसार दुई बालबालिका घाइते छ्न्। उनीहरुलाई हेलिकप्टरुबाट उद्धार गरेर उपचारका लागि काठमाडौं ल्याइएको छ।
अबिरल वर्षासँगै मध्य राति भोटेकोशी नदी र स्थानीय खहरे खाृल्सा उर्लिन थालेका थिए। बाढी र पहिरोले ठाउँठाउँमा राजमार्ग अवरुद्ध हुँदा उद्धार कार्यमा समस्या निम्तिएको प्रजिअ ढकालले बताए। राति नै घटना बारे जानकारी पाए पनि सुरक्षाकर्मी जान सकेनन्।
https://twitter.com/i/status/1281062836030959617
प्रकाशित मिति: सोमबार, असार २२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय