नेपाल प्रहरीको महानिरीक्षकमा शैलेश थापाको बढुवा
सरकारले नेपाल प्रहरीको २८औं महानिरीक्षकमा अतिरिक्त महानिरीक्षक शैलेश थापा नियुक्त भएका छन्।
मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले वरिष्ठताको आधारमा अतिरिक्त महानिरीक्षक थापालाई बढुवा गर्ने निर्णय गरेको हो।
प्रहरी सेवामा २०४९ वैशाखमा प्रवेश गरेका थापासँग अर्का अतिरिक्त महानिरीक्षक हरिबहादुर पाल प्रतिस्पर्धीका रुपमा रहेपनि वरिष्ठताका आधारमा थापाले नेतृत्व हात पारेको बताइएको छ।
नेपाल प्रहरीका महानिरीक्षक ठाकुरप्रसाद ज्ञावाली ३० वर्षे सेवाअवधि पूरा गर्दै बिहिबार सेवा निवृत्त हुँदैछन्। उनी पाँच महिनाअघि मात्रै तत्कालिन महानिरीक्षक सर्वेन्द्र खनालको सेवा निवृत्तिपछि नेतृत्वमा आएका थिए।
बिहिबार महानिरीक्षक ज्ञावालीले सेवा निवृत्त भएपछि नेपाल प्रहरीको नेतृत्व सम्हाल्ने छन्।
प्रकाशित मिति: शनिबार, असार २०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय