शुक्रबारदेखि देशैभर ठूलो वर्षा/बाढीको सम्भावना, ‘पूर्वतयारी’ थाल्न आग्रह
                        
                        
                                                
                                            
                                                
                        यही असार २६ गते अर्थात् शुक्रबारदेखि देशभर ठूलो वर्षा तथा बाढीको सम्भावना रहेकाले त्यसबाट बच्न अहिलेदेखि नै तयारी थाल्न मौसमविद्ले सबैमा आग्रह गरेका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार शुक्रबार मनसुनको न्यून चापीय रेखा नेपालनजिकै आइपुग्ने भएकाले देशभर ठूलो वर्षाको सम्भावना देखिएको हो।
यस्तै बाढी पूर्वानुमान महाशाखाले यही असार २६ देखि २९ गतेसम्म देशैभरका ठूला, मझौला र साना नदीमा ठूलो बाढीको सम्भावना रहेको जानकारी दिएको छ।
                    
                असार २२ आगामी ३दिन प्रमूख नदीमा बहाव सतर्कता तलै हुने आज #बागमती #तिनाउ #पश्चिमराप्ती #बबईका सहायक नदीमा बहाव बढ्ने,केहिमा #सतर्कता पुग्न सक्ने#असार २६-२९ गते देशैभरका नदीमा बाढीको संभावना,#पुर्वतयारीमा जुटौ प्रदेश १ र २ को तराईको भु-भागमा बढी जोखिम@NDRRMA_Nepal @NEOCOfficial pic.twitter.com/b6lsTxGvxl
— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) July 6, 2020
प्रकाशित मिति: शुक्रबार, असार १९, २०७७
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    

