खोकनामा स्थानीयवासी र प्रहरीबीच झडप, सुरक्षाकर्मी र प्रदर्शनकारीतर्फ केही घाइते
                        
                        
                                                
                                            
                                                
                        विश्व सम्पदा सूचिमा सूचिकृत ऐतिहासिक वस्ती ललितपुरको खोकनावासी र प्रहरीबीच शनिबार झडप केही स्थानीयसँगै सुरक्षाकर्मी पनि घाइते भएका छन्।
प्रस्तावित काठमाडौं निजगढ फास्ट ट्रयाकको जिरो किलोमिटर खोकनालाई तोकिएपछि त्यसको विरोधमा रहेको स्थानीयवासीले सांकेतिक विरोध स्वरुप उक्त स्थानमा धान रोप्न खोजेपछि त्यसलाई रोक्न पुगेको प्रहरी र स्थानीयवासीबीच शनिबार झडप भएको थियो।
प्रस्तावित फास्ट ट्रयाकको विरोधमा उनीहरुले खुदोलमा धान रोपाइ गरी सांकेतिक विरोध प्रदर्शन गरेका थिए। धिमे र भुस्या बजाउँदै धान रोपाईमा सहभागी भएका स्थानीयवासीन्दाले खोकनाको कृषि योग्य जमिन अतिक्रमण गर्न नपाइने भन्दै प्रदर्शन गरे।
सीमा रक्षाका लागि चाहिने सुरक्षा फौज खेतमा किसानी गर्ने कृषकविरुद्ध तैनाथ गरिएको भन्दै स्थानीयहरुले प्रहरीलाई सहयोग गर्न आग्रह समेत गरेका थिए। जग्गाधनी लालपूर्जा लिएर खेतमा खेत रोपाइ गर्न पुगेकाहरुलाई रोकेपछि स्थानीय र प्रहरीबीच केही समय झडप भएको थियो।
सो क्रममा स्थानियले प्रहरीमाथि ढुङ्गा प्रहार गरेका थिए भने प्रदर्शनलाई रोक्न प्रहरीले लाठीचार्ज र केहि सेल अश्रुग्याँस प्रहार गरेको थियो। झडपका क्रममा केहि प्रदर्शनकारी र प्रहरी घाइते भएका छन्।
खोकनाको अन्न भण्डारका रुपमा रहेको कुदेश, खुदोल हुँदै सरकारले फास्ट ट्रयाक निर्माण गर्ने घोषणा गरेदेखि त्यसको विरोध भइरहेको छ। निर्माणधीन फास्ट ट्रयाकका कारण ऐतिहासिक सिकाली मन्दिर र खोकनाको संस्कृति नै लोप हुने संघारमा पुग्ने भन्दै शनिबार उपत्यकाका विभिन्न स्थानबाट मानिसहरु खोकनामा पुगेका थिए।
खोकना र बुंगमती हुँदै काठमाडौं–तराई द्रुतमार्गसँगै १३२ केभिए विद्युत प्रसारण लाइन, बाहिरी चक्रपथ, नयाँ स्याटलाइट शहर, वाग्मती कोरिडोर, काठमाडौँ तराई रेलमार्ग जस्ता आयोजनाहरू सञ्चालनमा ल्याउने सरकारको नीति छ। फास्ट ट्रयाकका कारण बुंगमती, खोकना, कुदेश र सिकाली मन्दिरको सांस्कृतिक र ऐतिहासिक सभ्यताका साथै उपत्यकाकै खेती योग्य जमिन मासिने भन्दै स्थानीयले विरोध गर्दै आएका हुन्।
[caption id="attachment_96597" align="alignnone" width="1800"]
 ललितपुरको खोकनामा स्थानीयबासीले शनिबार फास्ट ट्र्याकमा धान रोप्न थालेपछि प्रहरीसँगको झडप । तस्वीर ः रोशन सापकोटा÷रासस[/caption]
                        
                    
                
 ललितपुरको खोकनामा स्थानीयबासीले शनिबार फास्ट ट्र्याकमा धान रोप्न थालेपछि प्रहरीसँगको झडप । तस्वीर ः रोशन सापकोटा÷रासस[/caption]
                        प्रकाशित मिति: बुधबार, असार १७, २०७७
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    

