उद्धारमा कुनै कसर बाँकी नराखिने: मुख्यमन्त्री पौडेल
                        
                        
                                                
                                            
                        वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सिन्धुपाल्चोकको बाह्रबीसेमा आएको भीषण बाढी तथा पहिरामा परी भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन् । आज एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले खोजी तथा उद्धारलाई द्रुत र प्रभावकारी बनाउन प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे । उनले सन्देशमार्फत शोकसन्तप्त परिवारमा समवेदनासहित घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।
खाडीचौरभन्दा माथिको पुल बगाएकाले बाटामा असहजता भए तापनि त्यस क्षेत्रमा हाल प्रहरी निरीक्षकको नेतृत्वमा नेपाल प्रहरी तथा नेपाली सेनाका सहसेनानीको नेतृत्वमा १० जनाको टोली पुगिसकेको छ । घाइतेका उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर त्यसतर्फ जाँदै छ ।
                        
                    
                प्रकाशित मिति: सोमबार, असार २२, २०७७
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    

