कांग्रेस पूर्व सांसद मेजर दिपक गुरुङको निधन
                        
                        
                                                
                                            
                                                
                        नेपाली कांग्रेस कास्कीका नेता तथा पूर्व सांसद मेजर दिपकबहादुर गुरुङको शुक्रबार निधन भएको छ।
मृगौला र मधुमेहको समस्याबाट पीडित पूर्व सांसद गुरुङको उपचारका क्रममा शुक्रबार राजधानीको नर्भिक अस्पतालमा अपरान्ह २ः३० बजे निधन भएको पारिवारीक स्रोतले बताएको छ।
उमेर र स्वास्थ्यका कारण केही समयदेखि समस्यामा परेका गुरुङ केही दिनअघि उपचारका लागि अस्पताल भर्ना भएकोमा आज अपरान्ह ८६ वर्षको उमेरमा निधन भएको हो।
कास्कीकाे राष्ट्रिय माविबाट २०१० सालमा एसएलसी पास गर्ने पहिलाे विद्यार्थी गुरुङ विद्यार्थीकालदेखि नै तत्कालिन नेपाली कांग्रेस र त्यसको भातृ संस्थामा संलग्न रहेका थिए। केही समय जिल्लाकै एक विद्यालयमा अध्ययापन पेशामा पनि संलग्न रहे। पछि ब्रिटिस गोर्खा सैनिक सेवामा मेजर पदसम्म पुगेर सेवा निवृत्त भएपछि स्वदेश फर्किएर पुनः कांग्रेस निकट भूतपूर्व सैनिक संघको केन्द्रीय नेतृत्व समेत लिन सफल भएका थिए।
तत्कालिन संसदीय व्यवस्थामा राष्ट्रिय सभा सदस्य समेत बनेका गुरुङ पहिलो संविधान सभा सदस्य निर्वाचनका लागि कास्की क्षेत्र नम्बर १ को उपनिर्वाचनमा झिनो मतले पराजित भएका थिए।
उनका श्रीमती, चार छोरी र दुई छोरा, रहेका छन्।
                        
                    
                प्रकाशित मिति: मंगलबार, असार ३०, २०७७
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    

