पन्ध्रकिलोमा पहिरो खस्यो, नारायणगढ-मुग्लिन सडक अवरुद्ध
                        
                        
                                                
                                            
                                                
                        केहीदिनदेखि परेको अविरल वर्षाका कारण ३६ घण्टापछि खुलेको नारायणगढ मुग्लिन सडकखण्ड पुन: अवरुद्ध भएको छ । नारायणगढबाट पन्ध्रकिलोमिटर मुग्लिनतर्फ रहेको पन्ध्रकिलोमा मंगलबार राति पौने ९ बजे ठूलो पहिरो जाँदा सडक पुन: अवरुद्ध बनेको हो ।
फिल्डमै खटिएका चितवन ट्राफिक प्रमुखरहेका प्रहरी निरीक्षक दयाकृष्ण भट्टका अनुसार पहिरो ठूलो भएको र बाटो पुरै ढाकेका कारण भोलिसम्म पनि एकतर्फी बाटो खुलाउने सम्भावना न्यून रहेको छ।
चितवन ट्राफिकले पृथ्वीराजमार्ग अन्तर्गत मौवाखोलाबाट नारायणगढतर्फ रोकिएका करीब १५ सय सवारीसाधनहरुलाई नारायणगढ तर्फ पठाइएको जानकारी दिएको छ भने नारायणगढबाट पोखरा तथा काठमाडौं जाने सवारीसाधनलाई रामनगर नजिकै जुगेडीमा रोकिएको छ।
मौवाखोलाको बाढी तथा पुलको निरीक्षणमा गएका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई तथा चितवन प्रहरी प्रमुख नान्तीराज गुरुङ्गको टोली समेत १५ किलोको पहिरोको कारण बीचबाटोमै रोकिएको भट्टको भनाई छ।
                        
                    
                प्रकाशित मिति: सोमबार, साउन ५, २०७७
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    

