पहिरोमा पुरिएर पाहुना गएका युवकको मृत्यु
                        
                        
                                                
                                            
                        पहिरोमा पुरिएर झापा बुद्धशान्ति गाउँपालिका-७ मोतीडाँडामा एक जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार मंगलबार मध्यराति गएको पहिरोले घर भत्काउँदा मेचीनगर-९ का १५ वर्षीय विवेक दर्नालको मृत्यु भएको प्रहरीले जनाएको छ। उनी त्यहाँ पाहुना गएका थिए।
पहिरोले मोतीडाँडाका तेजकुमार बराइलीको एक तले घरको वाल भत्काएको थियो। इलाका प्रहरी कार्यालय बुधबारेको टोलीले मध्यराति एक्साभेटर प्रयोग गरी शव निकालेको थियो।
मृतकको शवलाई पोस्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको छ। उक्त पहिरोमा घरका अन्य तीन जना सामान्य घाइते छन्। उनीहरूको स्थानीय मेडिकल लिभिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ।
                        
                    
                प्रकाशित मिति: मंगलबार, साउन ६, २०७७
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    

