पूर्व सांसद बर्मन बुढामगरको निधन
                        
                        
                                                
                                            
                                                
                        पूर्व सांसद बर्मन बुढामगरको निधन भएको छ ।
९० वर्षका  बुढामगरको  उपचारको क्रममा आज बिहान साढे ४ बजे ललितपुरको पाटन अस्पतालमा निधन भएको हो ।
वि.सं. १९८७ साउन १७ गते रोल्पाको थबाङमा जन्मिएका उहाँ नेपाली कम्युनिष्ट आन्दोलनका एक आदर्श व्यक्तित्वको रुपमा चिनिनुहुन्छ ।
बुढा २०४८ सालमा रोल्पाको क्षेत्र नं. १ बाट तत्कालीन जनमोर्चाको तर्फबाट सांसदमा निर्वाचित हुनुभएको थियो ।
त्यसअघि उहाँ थबाङको मुखिया, प्रधानपञ्चसमेत हुनुहुन्थ्यो । उहाँ केही समयदेखि पेटको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो ।
उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएका छन् ।
                        
                    
                प्रकाशित मिति: मंगलबार, साउन ६, २०७७
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    

