मेलम्चीको सुरङमा मरिएका ई सतिशलाई सहिद घोषणा गर्न माग
                        
                        
                                                
                                            
                                                
                        मेलम्ची खानेपानी आयोजनाको सुरङ परीक्षण गर्ने क्रममा दुर्घटनामा परि मृत्यु भएका इन्जिनियर सतिश कुमार गोईतलाई सहिद घोषणा गर्नु पर्ने मांगका साथ युवाहरुले बुधबार जनकपुरमा प्रदर्शन गरेका छन् ।
बुधवार जनकपुरधामका युवाहरु कदम चौकमा स्व. इन्जिनियर सतिश कुमार गोईतको मृत्यु सरकारको लापरवाहीका कारण भएको आरोप लगाउँदै, बिभिन्न नाराका साथ पिडीत परिवारलाई उचीत क्षतीपूर्ती र घटनाको छानबिन हुनु पर्ने मांग राख्दै बिरोध प्रदर्शन गरेका छन । प्रदर्शनमा उत्रेका अघि जनकपुरधामका यूवा विद्यार्थीहरुले इन्जिनियर सतिश कुमार गोईतलाई सहित घोषणा गर्नु पर्ने र घटनाको छानबिन हुनु पर्ने मांगका साथ धनुषाका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौला मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएका थिए ।
                        
                    
                प्रकाशित मिति: मंगलबार, साउन ६, २०७७
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    

