मिनीबसको ठक्करबाट इन्जिनियरको मृत्यु
                        
                        
                                                
                                             
                                                
                        हेटौडा | मकवानपुरको मनहरि गाउँपालिकाको वडा न ९ स्थित रजैयामा मिनीबसको ठक्करबाट एक मोटरसाइकल चालकको आज मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्र्तगत भरतपुरबाट हेटौँडातर्फ आउँदै गरेको बा ३ ख ९६६४ नम्बरको मिनीबस र हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ४९ प २४०० नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकल चालक भरतपुर महानगरपालिका वडा न ७ का २८ वर्षीय दीपेन्द्र अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।
मिनीबसको ठक्करबाट घाइते भएका अधिकारीलाई हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । मिनीबस र चालक प्रहरी नियन्त्रणमा छन् । अधिकारी मकवानपुरको बकैया गाउँपालिकाको कार्यालयमा इन्जिनियर पदमा कार्यरत थिए। मृतक कोरोना सङ्क्रमित रहेको र होमआइसोलेशनका लागि घर जानेक्रममा मिनीबसको ठक्करबाट मृत्यु भएको गाउँपालिका अध्यक्ष दामोदर खनालले बताए।
                        
                    
                प्रकाशित मिति: शुक्रबार, असोज २, २०७७
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    


 
                                         
                                         
                    