पेट्रोल बोकेको ट्याङ्कर त्रिशूली नदीमा खस्यो
                        
                        
                                                
                                            
                        पेट्रोल बोकेको ना ४ ख २८२२ नम्बरको ट्याङ्कर धादिङ जिल्लाको गल्छी गाउँपालिका–६ चरौँदीबाट त्रिशूली नदीमा खसेर आगलागी भएको छ ।
ट्याङ्कर चालक र सहचालक कहाँ छन् भन्ने कुनै जानकारी नभएको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नेत्र भट्टले जानकारी दिए ।
नदीमा खसेको ट्याङ्कर पानीमा डुबेको छ भने केही भाग देखिएको छ । अहिले उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।
                        
                    
                प्रकाशित मिति: शनिबार, असोज ३, २०७७
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    


 
                                         
                                         
                    