त्रिवि शिक्षणअस्पताल लैजाने भन्दै डा केसीलाई जवरजवस्ती ट्रमा सेन्टर लगियो(भिडियोसहित)
                        
                        
                                                
                                            
                        चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसरमा बसेका डाक्टर गोविन्द्र केसी अनसनरत अवस्थामा काठमाडौं आइपुगेका छन् ।
डा केसी जुम्लाबाट मंगलबार नेपालगञ्ज हुँदै वुद्ध एयरबाट काठमाडौं आएका हुन् । डा केसीलाई उनका सहयोगीहरुले त्रिभूवन विमानस्थलबाट त्रिवि शिक्षण अस्पतालमा राख्ने तयारी गरेका थिए । तर विमानस्थलमा झरेपछि प्रहरीले डा केसीलाई राष्ट्रिय ट्रमा सेन्टरमा लगेको थियो । डाक्टर केसीलाई लिन त्रिवि शिक्षण अस्पतालको एम्बुलेन्स विमानस्थलमा तयारी अवस्था थियो ।
डा केसी विमानबाट झरेर एम्बुलेन्समा बसेपछि प्रहरीले डा केसीलाई ट्रमा सेन्टरतर्फ स्कटिङ गरेर लगेको थियो । ट्रमा सेन्टर पुराइएपछि डा केसीले आफुलाई जवरजस्ती ट्रमा सेन्टरमा लगिएको भन्दै एम्बुलेन्सबाट नओर्लने अडान लिएका थिए ।
तर केसीलाई प्रहरीले जवरजवस्ती ट्रमा सेन्टरभित्र लगिएको थियो । विगतमा भएका सम्झौता अक्षरसः कार्यान्वयन भएको भन्दै डा केसीले भदौ २९ गतेदेखि जुम्लाको चन्दननाथ नगरपालिका ६ रानीचौरस्थित बामिरामष्ट मन्दिरमा सत्याग्रह सुरु गरेका थिए । त्यस क्रममा केसी सोमबार नेपालगञ्ज आएका थिए । आफ्नो माग पुरा गर्न थप दवाव दिने भन्दै केसी काठमाडौं आएका हुन् ।
https://www.facebook.com/himaldainik/videos/652929258967469
                        
                    
                प्रकाशित मिति: सोमबार, असोज ५, २०७७
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    


 
                                         
                                         
                    