गजुरमा पहिरा जाँदा दुई कन्टेनर पुरिए
                        
                        
                                                
                                             
                                                
                        पृथ्वीराजमार्गको गजुरीमा पहिरो जाँदा दुई सवारीसाधन पुरिएका छन् । सडकमाथिबाट आएको पहिरामा परी काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको ना ६ ख ६४०८ नंको कन्टेनर र मुिग्लनबाट काठमाडौँ आउँदै गरेको एचआर ३३–९९०१ नंको भारतीय कन्टेनर पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
गजुरी गाउँपालिका–१ स्थित गलौँदीमा बिहान सडक माथिबाट आएको पहिराले सडकमा गुडिरहेका सवारीसाधन पुरिएका हुन् । अविरल वर्षाका कारण पृथ्वीराजमार्ग अवरुद्ध हुँदा सयांै सवारीसाधन रोकिएका छन् । राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय र गाउँपालिकाको पहल भइरहेको छ ।
                        
                    
                प्रकाशित मिति: मंगलबार, असोज ६, २०७७
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    


 
                                         
                                         
                    