गोरुसिङ्गे-सन्धिखर्क सडक अवरुद्ध, सवारी साधन बीच बाटोमै अलपत्र
                        
                        
                                                
                                             
                                                
                        अर्घाखाँची । अर्घाखाँचीमा तीन दिनदेखि परेको अविरल वर्षाका कारण गोरुसिङ्गे—सन्धिखर्क सडकखण्ड अवरुद्ध भएको छ।
सन्धिखर्क नगरपालिका दहखोलामा पहिरो जादाँ सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले जानकारी दिनुभयो ।
जिल्लाको मुख्य सडक अवरुद्व भएपछि सवारी साधन बीच बाटोमै अलपत्र परेका छन् ।
जल तथा मौसम विज्ञान विभागले पछिल्लो ६ घण्टा भारी बर्षा हुने भन्दै सतर्क रहन आग्रह गरेको छ ।
                        
                    
                प्रकाशित मिति: बुधबार, असोज ७, २०७७
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    


 
                                         
                                         
                    